प्रदेश १ सरकार तीन महिनासम्म बाँडिचुँडी खानमात्र लाग्याे- पूर्वमुख्यमन्त्री राई

काठमाडौँ- पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका हुन् ।
सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए ।
यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई/दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए ।
प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ ।

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया