कोभिडका कारण बन्द स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि पुनः सञ्चालनमा

बैतडी - स्वास्थ्यकर्मीमा कोभिडसङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन् । स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोभिडभाइर सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा पुनः सञ्चालनमा आएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनुभयो । जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो ।
सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । कोभिडभाइरस सङ्क्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । बैतडीमा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसिरहेकाले समुदायमै कोभिडफैलिसकेको छ । तर स्थानीय तहले कोभिडसङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोभिडसङ्क्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ । रासस

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

प्रतिक्रिया