धनगढी विमानस्थलको स्तरोन्नतिकाे काम अगाडि बढ्यो

कैलाली- धनगढी विमानस्थलको स्तरोन्नति कार्य अगाडि बढाइएको छ । विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलको रुपमा निर्माण गर्नका लागि स्तरोन्नतिको प्रारम्भिक काम अगाडि बढाइएको हो ।
विमानस्थलको स्तरोन्नतिका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्भेको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
विमानस्थलको डिपिआर तयार पार्ने जिम्मा रियलपाथ कन्सल्टेन्सीले पाएको बताउँदै प्रमुख भट्टले कन्सल्टेन्सीका प्राविधिकले सर्भेको काम गरिरहेको बताए । उनले सम्झौताअनुसार एक महिनाभित्र डिपिआर निर्माणको काम पूरा गर्नुपर्ने बताए । पहिलो चरण अन्तर्गत टोलीले विमानस्थल विस्तार हुने क्षेत्रको भौगोलिक अवस्था, भूबनोट, रुख, बोटबिरुवालगायत निर्माण गर्ने संरचना लगायतका बारेमा अध्ययन गरिरहेको प्रमुख भट्टले बताए ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको पहलमा गत पुसमा नागरिक उड्डयन प्राधिकरणले एक अर्ब बजेट विनियोजन गरेको थियो ।
प्राधिकरणले बजेट विनियोजन गरेपछि स्तरोन्नतिका प्रारम्भिक कार्य अगाडि बढाएको हो ।
डिपिआर निर्माण भएलगत्तै क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइने प्रमुख भट्टले बताए ।
क्षेत्रीय विमानस्थल बनाउनका लागि थप २५८.२५ बिघा जमिन आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । हाल धनगढी विमानस्थलसँग ८३ बिघा जमिन मात्रै रहेको छ भने एक हजार ८ सय मिटर लामो धावनमार्ग रहेको छ । यसलाई विस्तार गरेर दुई हजार ५५० मिटर पुर्याउने प्राधिकरणको योजना छ । यसैगरी धावनमार्गको चौडाइ पनि बढाएर ४५ मिटर पुर्याइनेछ ।
यो विमानस्थल क्षेत्रीय विमानस्थल भएमा निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि सहज हुने प्रमुख भट्टले बताए । उनले अहिले धनगढी विमानस्थलमा ७० सिट क्षमताका जहाजहरू अवतरण भइरहेको बताउदै स्तरोन्नति भएमा दुई सय सिट क्षमताका विमान सहजै अवतरण हुन सक्ने बताए ।

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया