सुरक्षित बस्ती स्थानान्तरणको पर्खाइमा यांग्री र लार्केका पीडित

सिन्धुपाल्चोक - गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका सिन्धुपाल्चोक बरुवाका विस्थापित अझै पाल र टहरामै बस्न बाध्य छन् । चिसो मौसममा कठ्याङ्ग्रिदै दिन रात बिताएका उनीहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल– २ बरुवाका बासिन्दा सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् । यांग्रीखोला तटीय क्षेत्रमा बस्दै आएका उनीहरूको न कतै जग्गा छ नत बस्ने घर नै छ ।
जोखिमयुक्त उक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई छिट्टै घर बनाउनु पर्ने आवश्यक भएकोे पीडित हरिबहादुर तामाङ बताउनुहुन्छ । पुर्खौली थातथलो छोड्नुपर्ने चिन्तामा रहेका बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट पीडित उनीहरूले अझैसम्म घर बनाएर बस्ने सुरक्षित ठाउँ पाउनसकेका छैनन् ।
जग्गा अभावकै कारण पीडितको सुरक्षित आवास निर्माण प्रक्रियासमेत अघि बढ्न नसकेको अर्का स्थानीयवासी पूर्ण थिङ बताउनुहुन्छ । स्थानीय तहले बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस् काम भएको भने देखिदैन । बर्खायाम सुरु हुनु अगावै पीडितलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतिपूर्ण देखिए पनि पूरा गरेरै छोड्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताए ।
यसका लागि प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ । निकै विकट यस क्षेत्रमा प्रदेश र केन्दीय सरकारको ध्यान नपुगेको वडाध्यक्ष पासाङ लामाको गुनासो छ । यांग्रीखोला थुनिएर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाउनाका साथै १३० घर उच्च जोखिम पुर्याएको छ । बर्खा अगावै आफूहरूलाई सुरक्षित स्थानमा आवाससहित स्थानान्तरण गर्नु स्थानीय सरकारको दायित्व रहेको पीडितहरू बताउछन् । रासस

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया