साताको अन्तिम कारोबारमा १५ अकंले घट्यो सेयर बजार

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से बिहीबार १५ अंकले घटको छ । आइतबार १०५ अंकले बढेको सेयर बजार परिसूचक सोमबार भने १३ अंकले घटेको थियो । त्यस्तै मंगलबारको कारोबारमा १९ बढेको बजार बुधबार भने सरकारले सार्वजनिक बिदा दिएकाले बजार बन्द थियो ।
बिहीबारको कारोबारमा सेयर बजार २८९१ कारोबार सुरुवात भएकोमा बन्द हुने समयमा परिसूचक बिन्दू २८७६.७५ परिसूचक १४.६० अंक अर्थात ०.५० प्रतिशतले घटेको छ। आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.२६ अंक अर्थात ०.६० प्रतिशतले घटेर ५३९.६४ अंकमा पुगेको छ ।
बिहीबार बजार घटेता पनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा २२४ कम्पनीको ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रूपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर १ लाख ८ हजार ३ सय ६५ पटक खरिद बिक्री भएको छ ।
बजारमा घट्दापनि आज कारोबार भएका कम्पनीहरूमध्ये ४५ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ३७ कम्पनीको सेयर मूल्य घटेको छ । बजार बढ्दा विन नेपाल लघुवित्त वित्तिय संस्था, साहास ऊर्जा लिमिटेड, अरूण भ्याली हाइड्रो पावर, बुद्धभूमि नेपाल हाइड्रो पावर तथा मैलुङ खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
आजको कारोबारमा समूहगत परिसूचकतर्फ जलविद्युतसमूह ०.१९ प्रतिशत तथा निर्जिवन बीमा समूह ०.०९ प्रतिशतले बढ्दा अन्य समूह भने घटेका छन् ।
आज गुमाउने पाँच कम्पनीमा आरएमडीसी लघुवित्त वित्तिय संस्था, पोखरा फाइनान्स लिमिटेड, गुर्खाज फाइनान्स लिमिटेड, एनएबि हाइब्रिड फण्ड तथा लुम्बिनी जनरल इन्सोरेन्स रहेका छन् ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था कम्पनीको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया