'पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सञ्चार जगतलाई आग्रह'

काठमाडौँ - प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्पे्रषण गर्न सम्पूर्ण सञ्चार जगतलाई आग्रह गरेको छ ।
केही सञ्चारमाध्यमहरुले कोभिडसँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न संञ्चारगृहको ध्यानाकर्षण गराएको हो ।
बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरुले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए ।
उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण लिएको जानकारी दिए ।
उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चारमाध्यमहरुलाई सोधिएको स्पष्टीकरणमा सञ्चारमाध्यमहरुले गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएको पनि बताए ।
गत माघ १० गते प्रकाशित ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले स्पष्ट पारेको थियो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया