नेपालका छविलाल, क्यानडामा अन्तराष्ट्रिय सम्मेलन गर्दै

काठमाडौँ - नेपालका छविलाला (कनराड) रिजालले क्यानडामा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएका छन् । आउँदो मे २५ देखि २८ सम्म उनले आफ्नो कम्पनी सिड नानोटेक इन्टरनेसनलमार्फत अन्तराष्ट्रिय सम्मेलन गर्ने भएका हुन् ।
यस सम्मेलनमा विश्वका जुन कुनै व्यक्तिले भाग लिन सक्नेछन् । रिजालले क्यानेडेली नागरिकसँग मिलेर उक्त सम्मेलन गर्न लागेका हुन् । यसअघि २०२१ मा पनि उनले अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेका थिए ।
सो सम्मेलन मा २३ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा विद्यार्थी, उद्यमी, इन्जिनीयर, डाक्टर, प्रोफेसरहरुले सहभागिता जनाउन पाउनेछन् । कोभिडका कारण यो सम्मेलन भर्चुअल हुनेछ ।
गत वर्ष भएको सम्मेलनमा नेपालबाट पाँच जनाले सहभागिता जनाएका थिए । अन्य जापान, अमेरिका, क्यानाडा, युरोप, भारत, रुसलगायत देशका व्यक्तिहरुले सहभागिता जनाएका थिए । पोखराबाट भौतिक रुपमा सम्मेलन सुरु गर्न लागेका रिजालले कोभिडका कारण यो सम्मेलन भर्चुअल गर्ने भएका छन् ।
यो सम्मेलन प्रत्येक बर्ष विभिन्न देशमा संचालन गर्ने रिजालकाे याेजना छ । यो वर्ष पनि ५० भन्दा बढी व्यक्तिहरुले सम्मेलनमा सहभागी हुने रिजालको अपेक्षा गरेका छन् । यो सम्मेलन गर्नुको मुख्य उद्देश्य भनेको वर्तमान नानो टेक्नोलोजी सम्बन्धी खोज, विचार, ज्ञान र सूचनाहरु आदान प्रदान गर्नु रहेको रिजालले बताए । सहभागीहरुले केही मेम्बर भएर वा थाेरै रकम तिरेर सम्मेलनमा सहभागी हुन सक्नेछन् ।
लामो समयदेखि विदेशमा रहेका म्याग्दीका रिजालले दुईवटा विषयमा पीएचडी गरेका छन् । उनीअध्यात्मिक बिषाय र त्यस्काे बैज्ञानिक सम्बन्धको पनि गहिरो रुचि राख्दछन्।
विस्तृत जानकारीको लागि यहाँ क्लिक https://seed-nanotech.com/categories/ गर्न सक्नु हुनेछ।

पब्जी ‘ई-स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

'इनफिनिक्स हट सिक्स्टी आइ' बबाल फोन आयो!

दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने

'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरक…

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

प्रतिक्रिया