सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प- ‘किरात’ वा 'किरात–कोशी'

फाइल फाेटाे

काठमाडौँ- सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश सभामा सदस्य रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो । 

‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘किरात–कोशी वा कोशी–किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सभा सदस्य धिरेन शर्मा ‘रमण’ ले  बताए । 

माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् ।

तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् ।