उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीबार बिहान कालो झण्डा देखाएका हुन् ।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
परराष्ट्रमन्त्री डा. खड्कालाई त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक विद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउने क्रममा कालो झण्डा देखाइएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया