जनमत पार्टीकाे अनिश्चितकालीन चक्काजाम, सडकमै कार्यकर्तालाई खाने बस्ने व्यवस्था

जनकपुरधाम - डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनबारे सरोकारवालाले चासो नलिएको भन्दै बिहीबारदेखि अनिश्चितकालीन चक्काजाम गरेको छ।
११ बुँदे माग अघि सारेर किसान आन्दोलन गरिरहेकाे जनमत पार्टीबारे सरकारले कुनै चासो नदिएपछि जनमतले अनिश्चितकालका लागि चक्काजाम घोषणा गरेको हो ।
मधेश प्रदेशमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको चन्द्रनिगाहपुरदेखि सप्तरीको भारदहसम्म, सिरहाको मिर्चैया, गोलबजार र सप्तरीको रूपनीमा टेण्ट हालेर चक्काजाम गरेका छन् । यसबाहेक रूपन्देही, बर्दियालगायतका लोकमार्गमा समेत चक्काजाम गरिएको छ ।
किसान माथि चरम दमन जारी राखेकोले किसानको हकहितमा जनमत पार्टीले करिब १ महिना भन्दा बढी देखि आन्दोलन गर्दै आएको छ । सो आन्दोलनबारे सरकारले बेवास्ता गरेपछि, आजदेखि पूर्ण रुपमा सडक बन्दको घोषणा गरिएको जनमत पार्टीका उपाध्यक्ष दिपक कुमार साहले जानकारी दिए ।
बन्द कार्यक्रमलाई सफल पार्न सडकमै जनमतका नेता कार्यकर्ताहरूले टेण्ट लगाएर बसेका छन । उनीहरुलाई त्यहीँ खाने बस्ने व्यवस्था मिलाएको उनले बताए ।
किसानलाई सिंचाईको व्यवस्था गर्नुपर्ने, बिजुली निशुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया