सेयर बजारमा ऐतिहासिक रेकर्ड, ४१ अंकले बढेर २२३५ बिन्दूमा नेप्से

काठमाडौं : सेयर बजार सूचक नेप्से परिसूचक २२३५ बिन्दूको ऐतिसासिक उचाइमा पुगेको छ । ४१ दशमलव अंकले बढेर नेप्सेले कीर्तिमानी उचाइ कायम गरेको हो ।
प्री ओपन सेसन मै २२ सय नाँघेको सेयर बजार निरन्तर उकालो लागेको थियो । करिब १ बजे नेप्से २२८८ बिन्दूमा समेत पुगेको थियो । अन्तर दिवसीय कारोबारमा यो अहिलेसम्मकै उच्चतम् बिन्दू हो ।
नेप्सेलाई कीर्तिमानी उचाइमा पुर्याउन बैंकिङ समूहको योगदान ठुलो रह्यो । बैंकिङ समूहको परिसूचक झन्डै ६० अंकले बढ्यो । विकास बैंक समूहको परिसूचक पनि करिब ४ प्रतिशतले बढेको छ । जीवन बीमा समूहबाहेक सबै समूहका परिसूचकमा हरियाली थियो ।
एकैदिन ६ वटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी १० प्रतिशतले प्रभु लाइफ इन्स्योरेन्सको सेयर बढेको छ । १९ अंकले बढेको प्रभु लाइफ प्रति कित्ता २०९ रुपैयाँमा कारोबार भइरहेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर ६३ अंकले बढेको छ । आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
नेप्से परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । डेढ करोड कित्ता बराबरको सेयर कारोबार ५७ हजार १७१ पटक भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया