आफैँ सडक अनुगमन गर्छन् कर्णालीका मुख्यमन्त्री

सुर्खेत : कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीले वीरेन्द्रनगरमा रहेका निर्माणाधीन सडकको अनुगमन गरेका छन् । सडकको अनुगमन गर्दै मुख्यमन्त्री शाहीले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शाहीले वीरेन्द्रनगरभित्र लामो समयदेखि काम सम्पन्न नभएका सडकको अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । विकास निर्माणका आयोजनालाई तोकिएको समयमा कार्य सम्पन्न गराउनको लागि शाहीले नियमित रुपमा विकास निर्माणका कामहरुको अनुगमन गर्ने क्रममा शाहीले बुधवार सडकको अनुगमनमा निस्किए ।
शाहीले मंगलगढी चोक–काँक्रेविहार सडक, दैलेख रोड, शंकर चोक–पृतना गेट सडक, जिल्ला अदालत सुर्खेत अगाडी निर्माणाधीन सडक, ईत्रामस्थित मुख्यमन्त्री निवास नजिकैको सडक अनुगमन गरेका छन् ।
त्यसैगरी सुर्खेत विमानस्थल नजिकै निर्माणाधीन सडक, ईटौरा पूल, भैरवस्थानमा निर्माणाधीन विभिन्न सडक, शहिद पार्क जाने सडक र शहिद पार्कको पनि अनुगमन गरेका छन् । प्रदेश सरकारद्वारा विनियोजित बजेट अनुसार समयमै काम सम्पन्न गर्न मुख्यमन्त्री शाहीले पटक–पटक सरोकारवाला निकायलाई निर्देशन दिँदै आएका छन् । उनले यसपटकको अनुगमनमा निर्माण सम्पन्न गर्ने लिखित कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
लामो समयदेखि निर्माण सम्पन्न नभएका सडक आगामी चैत्र मसान्तभित्र सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । सोही लक्ष्य अनुसार मुख्यमन्त्री शाहीले म्याद सकिएका निर्माणाधीन सडकको चैत्र मसान्तसम्मका लागि म्याद थप गरेका छन् । थप गरिएको म्यादभित्र निर्माण सम्पन्न नगर्ने कम्पनीलाई कालो सूचीमा राख्नका लागि प्रक्रिया अगाडी बढाईने मुख्यमन्त्री शाहीले बताए ।
कर्णालीमा मुख्यमन्त्री शाहीले तीन महिना बितिसक्दा पनि भौतिक पूर्वाधार मन्त्री नियुक्त गर्न सकेका छैनन् । त्यसबाहेक पर्यटन, सामाजिक विकास मन्त्रालय पनि रिक्त छन् । बेला बेला उनी आफैँ चर्चाका लागि पनि मन्त्री नियुक्त गर्न छाडेर अनुगमनमा निस्कने गरेका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया