७१ वर्षीय मान्ते शाहीकी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग

मुगु – मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीकी श्रीमती हाँसु शाहीको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । माघ १५ गते विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि समाचारकै आधार मानेर एक व्यक्तिले हाँसुलाई आर्थिक सहयोग गरेका छन् ।
कर्म थलो स्पेनमा गरेका मुगुका छायानाथ रारा नगरपालिका-१३ का समाजसेवी अक्कल बोहराले आर्थिक अवस्था न्यून भएका मान्ते शाहीकी श्रीमतीलाई उपचार खर्च गर्न नगद सात हजार रुपैयाँ सहयोग गरेका हुन् ।
समाजसेवी बोहराले काठमाडौंको पाटन अस्पताल पुगेर उनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 'मुगुबाट राजधानी आएर उपचारका लागि काठमाडौंमा आर्थिक अभावले हाँसु छटपटाइरहेको थाहा थिएन । 'विभिन्न सञ्चार माध्यममा देखेपछि सोही बमोजिम सहयोग गरेको हुँ,' उनले भने । उनले आफूले सात हजर नजर सहयोग गरेको बताएका छन् ।
उनले उपचारका लागि आफूले थप सहयोग गर्नेसमेत बताएका छन् । हाँसुको उपचारका लागि नेपाली कांग्रेस मुगुका वर्तमान पार्टी सभापति ऐनबहादुर शाही र निवर्तमान पार्टी सभापति खड्गबहादुर शाहीले भेटेर सहयोग गर्ने आश्वासन दिएका छन् ।
६७ वर्षीय उनकी हाँसु विगत पाँच वर्षदेखि दम रोगले थला परेकी थिइन् । उनको उपचारका लागि ऋण सापट र वृद्धभत्ता जम्मा गरेर मान्ते काठमाडौं आएका थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया