सेवा निवृत्त भए सचिव ढुंगाना

काठमाडौँ– प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव शिशिरकुमार ढुंगाना आजदेखि सेवानिवृत्त भएका छन् । लामो समय अर्थ मन्त्रालयमा काम गरेका उनी शुरुवातमा नगर विकास कोषका अधिकृत थिए ।
अर्थ मन्त्रालयमा छँदा उनले आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागमा रहेर काम गरे । भन्सार विभागका महानिर्देशकपछि सचिव बढुवासँगै उनको सुदूर पश्चिमाञ्चलको क्षेत्रीय प्रशासकमा पदस्थापना भएको थियो ।
उनले अर्थ मन्त्रालयमा पहिले राजस्व सचिव र पछि अर्थ सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
सुधार पक्षधर प्रशासकको छवि बनाएका ढुंगानाले राजस्व प्रशासन सुधारमा काम गर्नुका साथै धेरै पटक आर्थिक विधेयकको आर्किटेक्टका रूपमा काम गरेका छन् ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया