मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै

मुगु – मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमा मनाएका छन् । गत २९ कात्तिकमा गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका छन् ।
अग्नि पीडितले आफ्नो परपम्पराअनुसार त्रिपालमै सोनाम ल्होसार मनाएका हुन । विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा कसैले नबाेलाई मनाएकाे ठिल्ले लामाले बताए ।
१५ दिनसम्म चल्ने सोनामा ल्होसारमा तामाङ समुदायले एक आपसका सद्धाव प्रेम साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने प्रचलन छ ।
साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगुमा बसोबास गर्ने तामाङ समुदायले बुधबार सोनाम ल्होसार मनाएका छन् ।बौद्धधर्मालम्बीहरूको प्रमुख चाडका रुपमा मनाउने ल्होसारलाई नयाँ वर्षका रुपमा पिन मनाइने गरिएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया