भत्काइए सडक क्षेत्रका ३६ घरटहरा
सुर्खेत – सुर्खेतको पर्यटकीय महत्वको मङ्गलगढी–कांक्रेविहार सडकको स्तरोन्नति सुरु गरिएको छ । स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन् ।
वीरेन्द्रनगर–९ का वडाध्यक्षसुरेश मानन्धरले सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण गरी ३६ घर भत्काइएको बताए। वडा कार्यालयको समन्वयपछि स्थानीयले सडक विस्तारका लागि घर भत्काउन सहमति दिएको उनको भनाइ छ । घर भत्काइएपछि निर्माण कम्पनीले सडक फराकिलो पार्न तथा नाला बनाउन थालिएको छ । त्यस्तै, विद्युत्का पोलहरू पनि सार्न थालिएको छ ।
कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक चालू आवमा ग्राभेल मात्र गर्ने योजना छ । सडक पूर्वाधार निर्देशनालयका अनुसार २५ मिटर चौडाई, दुई मिटर फुटपाथ क्षेत्र बनाइनेछ । १८ महिनाभित्र काम सक्ने गरी १२ करोड ७६ लाख १५ हजार रुपैयाँमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो । कम्पनीलाई विसं २०८० असार १५ गतेभित्र सडक स्तरोन्नति गरिसक्नुपर्ने कार्यादेश दिइएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया