‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिता फागुनमा

कैलाली - सर्वाधिक पुरस्कार राशीको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता फागुनमा हुने भएको छ । धनगढीस्थित क्षेत्रीय रङ्गशालामा फागुन १९ देखि २८ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्ड कप सञ्चालन हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलनको गरी जानकारी दिएको हो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । उनले प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका दुई, विदेशी दुई र आयोजक क्लब गरी १० टिमको सहभागिता रहने बताए ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीड–फिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई जनही २०/२० हजार रुपियाँका दरले पुरस्कार दिइने अध्यक्ष हमालले बताए । उनले प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपियाँ प्रदान गरिने बताए ।
एन्फा तथा फिफाको नियमअनुसार खेलाइने प्रतियोगिताको हरेक टिममा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जानकारी दिइएको छ . प्रतियोगितालाई सुदूरपश्चिम सरकारले प्रायोजन गर्ने भएपछि यस वर्ष मुख्यमन्त्री अन्तराष्ट्रिय पाँचौ सुदूरपश्चिम गोल्डकप नामाकरण गरिएको हो ।
पाँचौँ संस्करणको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा अनुमानित डेढ करोड रुपैँया खर्च हुने र दैनिक पाँच हजार दर्शकले गोल्ड कपको खेल अवलोकन गर्ने अनुमान गरिएको आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया