नेपालमा करिब पाँच लाख जनाले लगाए बुस्टर डोज

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोभिडविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ । कोभिडविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।
उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात पूर्ण मात्राको खोप लगाइसकेका छन् । नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले बताइन् ।

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

प्रतिक्रिया