धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, इन्स्पेक्टर जैसी घाइते

काठमाडाैँ – पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध र्याली धनगढीस्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर रोकिएको थियो । मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।
प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । अहिले स्थिति सामान्य बनेको उनले बताए ।
प्रहरीको लाठी चार्जपछि विद्यार्थीले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया