मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

काठमाडौँसहित विभिन्न ठाउँमा पाँच जना मृत फेला

फाइल फोटो

काठमाडौँ : काठमाडौँसहित देशका विभिन्न ठाउँमा ४ जना मृत फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ कपन आदर्शचोक डेरा गरी बस्ने सोलुखुम्बु साबिक छेस्काम गाविस–७ घर भएका ३६ वर्षीय भिम कुलुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित मानव सेवा आश्रममा बस्ने हाल एकिन नाम, थर नखुलेकी चौधरी आमा बताउने करिब ७० वर्षीया महिला सोही आश्रममा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

झापाको भद्रपुर नगरपालिका–८ बस्ने ६५ वर्षीय श्री शर्मा सोही ठाउँस्थित रेडक्रसको भवनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको पूर्व कावासोती नगरपालिका–१३ गैरीस्थित भित्री सडकमा सोही ठाउँ बस्ने ५२ वर्षीय माधव प्रसाद गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

उक्त स्थानमा ना २ ह ६१७३ नम्बरको अटो सडकको छेउमा वेवारिसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोको अगाडिको भागमा क्षति भएको र अटो रहेको स्थान नजिकै अटोका चालक गिरीको शव फेला पारेको हो । 

पर्साको वीरगंज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रभित्र पानी ट्याङकी मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी २७ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।