स्थानीय तहको चुनावको सुरक्षा योजना तयार गरिँदै

काठमाडाैँ – केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो ।
बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । सुरक्षा निकायहरुबाट आवश्यक पृष्ठपोषण लिएर अगाडी बढिने पनि उनले उल्लेख गरे।
उनले भने,‘समय समयमा यो बैठक बसिरहन्छ । यो बैठकले के गर्छ भन्दाखेरी अहिलेको समसामयिक सुरक्षास्थिति के छ, त्यसबारे छलफल गर्छ र त्यो बारेमा आजपनि छलफल भयो । अहिलेका हाम्रा सुरक्षा इस्यूहरु के हुन्, ती इस्यूहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो । र प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको रैछ । अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडव्याक लिएर अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो । निर्वाचन केन्द्रीत सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो ।’
बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया