भारतीय सेनाले समातेको चिनिया सुरक्षा अधिकारी चीनलाई फिर्ता

काठमाडौं : भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ । दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई बुधबार चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय संचार माध्यममले जनाएको छ । ति चिनिया नागरिक भारतीय क्षेत्रमा प्रवेश गरेपछि भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो । ती चिनियाँ सैनिक सोमबार भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेको भनिएपछि उनलाई भारतीय सेनाले फिर्ता गरेका हुन ।
भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै त्यसरी नियन्त्रित चिनियाँ कर्पोरल वाङ या लङलाई पुन: चिनियाँ सेनाको जिम्मा लगाइने पनि जनाएको थियो । त्यही आधारमा उनलाई चिनियाँ सेनासमक्ष बुझाएको हो । ‘चिनियाँ सेनाका कर्पोरल वाङ सीमा (एलओसी) पार गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिइएको हो,' भारतीय सेनाको विज्ञप्तिमा भनेको थियो ।
चिनियाँ पक्षले वाङको बारेमा जानकारी लिएको छ, स्थापित मान्यता अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनाको जिम्मा लगाइने भने अनुरुप नै आवश्यक वयान पछि भारतीय सेनाले ति कर्पोरललाई चीनको जिम्मा लगाएको हो । लद्दाखस्थित सीमा क्षेत्रमा यी दुई मुलुकबीच विगत साढे पाँच महिनादेखि फरक खालको तनाव छ । सीमामा करिब दुई महिनाअघि भएको भिडन्तमा भारतीय सेनाको हताहतपछि त्यहाँ दुबै तर्फकाले सैन्य उपस्थिति बढाएको छ । ५० हजारभन्दा बढी सेना उक्त सीमामा खटाएका छन् । हुन त दर्जनबढी वार्ता समेत भए ।
सीमा विवादकै कारण दुई देशबीच तनाव जारी छ । चार दशकभन्दा लामो समयपछि भारत र चीनबीच भिडन्त पनि भएको भयो । सन् १९६२ मा सीमा विवादका कारण युद्ध नै गरेका यी दुई मुलुक अहिले पनि एक अर्कामा दाउ हेरिरहेको जस्तै छन् । भारत–चीन सीमा विवाद पुन: सतहमा आएको छ । पछिल्लो पटक गोली हानाहानको अवस्थामा पुगेर मथ्थर भएको उक्त विवाद यस्तै साना तिना घटनाले बेलाबेलामा तात्ने गर्छ ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया