आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

विष्ट प्रधानमन्त्रीका सूचनाप्रविधि सल्लाहकार

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको सूचनाप्रविधि सल्लाहकारमा इन्जिनियर दीपेश विष्ट नियुक्त भएका छन् । उनी सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपालका पूर्व महासचिव समेत हुन् । 

विष्टले यसअघि नेपाली कांग्रेसको सूचना तथा प्रचार विभागमा विज्ञको रूपमा काम गरेका थिए । उनी नेपाली कांग्रेसले प्रचारका लागि गठन गरेको 'एनसी-विन'का संयोजक समेत हुन् ।