भारतीय अभिनेता अमिताभको निधन

काठमाडौँ- भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृदयघातका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको निधनको पुष्टि गरेकी छन् ।
अमिताभले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले श्रीमती मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ए दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे ।
मृणालिन्नीका अनुसार गत १७ जनवरीमा अमिताभलाई हृदयघात भएपछि मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिए पनि गत शनिबार उनी कोरोनामुक्त भएका थिए । तर, बुधबार पुनः उनलाई हृदयघात भएपछि निधन भएको हो ।
अमिताभको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।
अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए । यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए । उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया