ब्राउन सुगरसहित एक पक्राउ

झापा- झापाको बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदातल झापाबाट म्याद थप अनुमति पनि पाएको छ ।

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया