दार्जिलिङका लेखनाथले ल्याए 'फुलाङ्गे'

काठमाडाैं : दार्जिलिङका युवा लेखक लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' बजारमा आएको छ । भारतको दार्जिलिङ्मा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यस अघि कविता संग्रह र सांग्रिला बुक्सद्वारा प्रकाशित रवीश कुमारको चर्चित पुस्तक 'मुक्त आवाज' नेपाली अनुवाद प्रकाशित छन् । 'फुलाङ्गे' उनको पहिलो आख्यान हो ।
सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे' । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुन् कसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरि खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुँइप्वाल देखाउने यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।
सांग्रिला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास 'फुलाङ्गे' भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुनेछ । यस उपन्यासको नेपाली मूल्य रू ३३५ रहेको छ र भारतीय मूल्य २५० रहने छ ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया