अनन्यापछि तेलगुमा डेब्यु गर्ने पालो जान्हवीको

मुम्बई - धर्मा प्रडक्सनले आफूले भित्र्याएका कलाकारलाई बारम्बार मौका दिने गरेको छ , चाहे त्यो हिन्दी फिल्ममा होस् वा दक्षिण भारतीय फिल्ममा । ‘स्टुडेन्ट अफ दि इयर २’बाट डेब्यु गरेकी अनन्या पाण्डेले यही परम्परा अन्तर्गत तेलगु फिल्म ‘लाइगर’मा डेब्यु गरेकी थिइन् । हिरो थिए विजय देवकोरान्डा ।
धर्मा प्रडक्सनले यिनै देवकोरान्डासँग आफूले भित्र्याएकी अर्की हिरोइनको जोडी बाँधिदिने निर्णय गरेको छ । मुख्य गरी तेलगु भाषामा बन्ने यो फिल्मबाट जान्हवी कपुरले दक्षिण भारतमा डेब्यु गर्ने भएकी छिन् । फिल्मको नाम रहेको छ, ‘जन गन मन’ ।
यो फिल्मलाई पनि ‘लाइगर’ निर्देशक पुरी जगन्नाथले नै निर्देशन गर्नेछन् । यो फिल्मको सुटिङ फ्रेब्रुअरीको अन्तिममा अमेरिकाबाट सुरु हुनेछ । अहिले फिल्मको प्रिप्रडक्सन चलिरहेको छ । अगस्ट अगाडि यो फिल्मको काम सक्ने निर्माताको तयारी रहेको छ । किनकी ‘लाइगर’ यही वर्षको अगस्टमा रिलिज हुने क्यालेन्डर छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया