कैलालीमा प्रशासनकाे आदेश उल्घंन गर्दै एमाले

कैलाली - कोरोना भाइरसको जोखिम बढेको भन्दै गत पुस २५ गते जिल्ला प्रशासन कैलालीले जारी गरेको आदेशको धज्जी उडाउदै राजनीति दलले कार्यक्रम गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले केही दिनअघि आदेश जारी गर्दै २५ जनाभन्दा बढी जमघट हुने कार्यक्रम तथा कुनैपनि राजनीतिक दलले कार्यक्रम गर्न नपाउने बताएका थिए । तर मंगलबार कैलालीमा नेकपा एमाले गोदावरी नगर कमिटीले अधिवेशन गरेको छ ।
अत्तरियाको नमस्ते होटलको पार्टी प्यालेसमा आजबाट अधिवेशन सुरु भएको बताउँदै नगर अध्यक्ष गोकर्ण भट्टले आफूहरुले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर नगरअधिवेशन गरिरहेको बताए। बन्दसत्रका प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष रतन थापा रहेका छन्।
अधिवेशनबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला प्रशासन कैलालीका प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले प्रशासनले जारी गरेको आदेश कायमै रहेको बताउँदै त्यसबारे बुझ्ने बताए ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया