एनसेल नयाँ योजनामा ट्याबलेट जित्न सकिने, यसरी सहभागी हुन सकिन्छ

काठमाडौँ - एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने नयाँ योजना सार्वजनिक गरेको छ । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो योजना ल्याएको हो ।
यो योजना मंगलबार माघ १८ बाट १० दिन सम्म सञ्चालनमा हुने कम्पनीले जनाएको छ। यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी-पेन सहितको टीसीएल ट्याव टेनएस पाउँनेछन् ।
ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन् । मलेसियाबाट आउने आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुने कम्पनीले जनाएको छ ।
मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ । यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा कालिप्रसाद बास्कोटाले आफ्नो प्रस्तुती दिने एनसेलले जनाएको छ

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

वेस्ट ह्याकाथन आयोजना गर्दै एनसेल फाउन्डेसन

कजारियाको नयाँ शोरूम जीतपुर, बारामा उद्घाटन

प्रतिक्रिया