आर्यनका म्युजिक भिडियोमा पनि दर्शकको खडेरी

काठमाडौँ - कुनै बेला एक नम्बर रहेका आर्यन सिग्देल यो स्थानबाट झरेर कहाँ हो कहाँ पुगेका छन् । चल्तीका हिरोको कुरा गर्दा आर्यनको नाम नै आउन छाडिसक्यो । उनले अभिनय गरेका फिल्म एक पछि अर्को गरी बक्स अफिसमा चित् खान थालेपछि पहिले कुनै समय उनको डेटका लागि महिनौँ कुर्ने निर्माता पन्छिन थालेका छन् ।
महामारीले फिल्मको सुटिङ सुस्त रहेका बेला थुप्रै अभिनेता अभिनेत्री म्युजिक भिडियो खेलेर गुजारा गरिरहेका छन् । म्युजिक भिडियोमा खासै नखोजिने राजेश हमाल र भुवन केसीसमेत म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । झन् आर्यन त अझै पनि चकलेटी नै छन् ।
रोमान्टिक गीतका लागि अझ पनि आर्यन सुहाउँदा छनोट हुन् । धेरै म्युजिक भिडियो निर्देशकले आर्यनलाई यही सोचेर म्युजिक भिडियोमा लिने गरेका छन् । तर फिल्म छान्न आर्यनले गर्ने गरेको गल्ती यता पनि दोहोरिएर हो वा आर्यनप्रति दर्शकको रुचि घटेरै हो, म्युजिक भिडियोमा पनि उनले दर्शक पाउन सकेका छैनन् ।
दोस्रो लकडाउन पछि आर्यनले बडा तामझामका साथ ‘जब’ बोलको म्युजिक भिडियो रिलिज गरेका थिए । तर गीतलाई दर्शकले हेर्ने कष्टै गरेनन् । ५ महिनामा भइसक्दा पनि यो गीतले एक लाख भ्युज कटाउन सकेको छैन । जबकि यो भिडियोका हुनसम्म प्रचार भएको थियो । २ लाख आर्यनका फेसबुकमै छन् ।
हालसालै पनि आर्यनका दुई म्युजिक भिडियो सार्वजनिक भएका छन् । तर दुवैमा दर्शक छैनन् । ‘स्वतन्त्र मन’ बोलको यो गीतमा त अझ उदित नारायणको स्वर थियो । वर्षा राउतसमेत रहेको यो गीत कुलेखानीमा निकै खर्च गरेर खिचिएको छ । तर यो गीतले १५ दिनमा जम्मा १ लाख १५ हजार दर्शक पाएको छ ।
यसैगरी अघिल्लो हप्ता मात्र ‘करोडौँ’मा बोलको म्युजिक भिडियो रिलिज भएको छ । फेसबुकमा जताततै स्पोन्सर्ड देखिने यो गीत खिच्न पनि राम्रै खर्च गरिएको छ । तर हप्ता दिन हुन लाग्दा गीतले ४० हजारको आँकडा पनि छुन सकेको छैन ।
त्यसो त म्युजिक भिडियो चल्नलाई कलाकारभन्दा पनि गीतै राम्रो हुनुपर्छ भन्ने मान्यता छ । अडियो राम्रो भएका गीत चलेका कलाकार नहुँदा पनि लाखौँले हेरेका छन् । त्यसैले म्युजिक भिडियो नचल्दैमा आर्यनलाई मात्र दोष दिन त मिल्दैन तर चौतर्फी क्रेज घटेको हल्ला चलिरहँदा आर्यनले दर्शक नपाउने म्युजिक भिडियो गर्दा झन् यो हल्लालाई बल पुगेको छ । आर्यनले म्युजिक भिडियो नै गर्ने भए अडियो बलियो छानेर गरे, यो आरोपबाट मुक्ति मिल्थ्यो कि ?

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया