सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

सत्यम स्कुल द ब्रिटिश कलेजको व्यवस्थापनमा

काठमाडौँ - ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो।

सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालकोअग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनको लागि केही उल्लेखनीय परिवर्तनहरू हुने भएका छन्। अब सत्यम स्कूलबाट विश्व स्तरिय शिक्षा प्रदान गर्नको लागि अत्याधुनिक भौतिक सुविधाहरुसँगै बेलायतका अनुभवी फ्याकल्टीहरूको प्रतक्ष्य निगरानी रहने बताइएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक राजन कँडेलले भने, ‘हामीले थापाथलीमा  सन् २०१२ मा द ब्रिटिस कलेज स्थापना गरेका हौं।  हाम्रा अन्तर्राष्ट्रीय अनूभव र विशेषताहरु नेपालका विद्यार्थीहरुलाई बाँड्दै अगाडि बढ्न चाहान्छौ ।