मंगलबार १३ जेठ, २०८२
Tuesday, May 27, 2025

विश्व बैंकसँग १७ अर्ब ऋण लिने सरकारकाे तयारी

फाइल फाेटाे

काठमाडौँ - नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गर्ने भएको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।