यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ।
मंगलबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धरलाई र नेपाल टेलिभिजनको अध्यक्षमा समिरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै उनले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरिएकाे बताए ।
त्यसैगरी विश्व बैंकको १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय भएकाे उनले बताए ।
त्यस्तै उनले कच्चा दूधको न्यूनतम मूल्य बढाएर ५६.४ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।
त्यसैगरी ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनालाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरमा छुट दिने बैठकले निर्णय गरेकाे छ ।
त्यस्तै प्रवक्ता कार्कीले शिक्षक अस्पताल निर्माणका लागि शिक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गर्ने बैठकले निर्णय गरेकाे बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया