सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

जनकपुरधाम – सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
विज्ञप्ति :
वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संबैधानिक र कानूनी अधिकार हनन् हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐनहरूका विरुद्ध वन विभाग परिशर, बबरमहल काठमाडौंमा विगत एक हप्तादेखि नेपालको संविधानप्रदत्त मौलिक हकका आधारमा शान्तिपूर्ण रुपमा एक घण्टे धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको यस सामदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समितिका सदस्य डोलकमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेम प्रसाद घिामर, केशवराज गिरी, सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दयालक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने, पवित्रा तिमिल्सना, उपभोक्ता उषा के.सी., लगायत महासंघका कर्मचारीहरू प्रेम सवेदी, संजिव वाइवा र हेमन वम्जनलाई नेपाल सरकारको सुरक्षा निकायले धरपकड र गिरप्तार गरेको कार्यप्रति यस महासंघको ध्याकषण भएको छ ।
नेपालको संविधानको धारा १७ बमोजिम प्रत्येक नागरिक र नागरिक समाजलाई आफना सवालहरूका विषयमा विचार र अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्वक भेला हुने मौलिक हक रहेको र सोही बमोजिम यस महासंघले आफ्ना मागहरूका बारेमा नेपाल सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनका लागि कोभिडको प्रभाव समेतलाई मध्यनजर गर्दै सिमिति संख्यामा उपस्थित भई गर्दै आएको शान्तिपूर्ण धर्ना कार्यक्रममा सुरक्षा निकायबाट ठाडो हस्तक्षेप गर्ने गराउने कार्यले सरकार नै वन तथा प्राकृतिक स्रोतमाथिको सामुदायिक अधिकार हनन गर्नमा उद्यत छ भन्ने कुरा देखिन्छ ।
यसथ महासंघले सामुदायिक वन अधिकारका मागहरूलाई सम्बोधन गर्नका लागि अभियानकर्मीलाई बार्तामा आउन आब्हान गर्नुको सट्टामा शान्तिपूर्ण धर्नामा बसेका यस महासंघका पदाधकारीहरूलाई उल्टै धरपकड र गिरफ्तार गरिएकाले वहाँहरूलाई अबिलम्ब रिहा गर्न हार्दिक अनुरोध गर्दछौं ।
सोम प्रसाद शर्मा
अध्यक्ष

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया