चैत ११ मा सिनेमाघरमा ‘आरआरआर’

मुम्बई - महामारीका कारण रिलिजको मुखैमा आएर सर्न बाध्य भएको ‘आरआरआर’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । फ्रेब्रुअरी ७ मा प्रदर्शन हुने घोषणा गरेर प्रचार प्रसारमा मात्र २० करोड खर्च गरेको फिल्म अघिल्लो वर्षको अन्त्यमा सर्न बाध्य भएको थियो । अब यो फिल्म मार्च २५ मा (चैत ११) प्रदर्शन हुनेछ ।
केही दिनअघिसम्म पनि यो फिल्मले मार्च १८ र २५ गरी दुइटा मिति बुक गरेर राखेको थियो । यही बीचमा अक्षयकुमारको ‘बच्चन पाण्डेय’ले मार्च १८ मा आउने घोषणा गरेर पोस्टर निकालेपछि ‘आरआरआर’का सामु ‘बच्चन पाण्डेय’सँग भिड्ने कि नयाँ मितिमा जाने दुई विकल्प बाँकी थिए ।
दोस्रो विकल्प रोज्दै फिल्मले एक हप्तापछि सर्ने निर्णय गरेको हो । एसएस राजामौली निर्देशित यो फिल्ममा रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको छ । फिल्ममा अजय देवगन र आलिया भट्ट अतिथि भूमिकामा रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया