कामचलाउ प्रधानमन्त्रीले राष्ट्रिय सभामा धारणा राख्दै

काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली दिउसो एक बजे राष्ट्रिय सभामा पुग्ने र केही बेर बसेर आफ्नो धारणा राख्ने जानकारी दिएको छ ।
उनले धारणा राख्नेक्रममा सांसदका केही प्रश्नको जवाफ दिने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय सभाको बैठक दिउसो १ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको आजको सेड्युल भने आइसकेको छैन ।
हठातमा प्रतिनिधि सभा विघटन गरेका कामचलाउ प्रधानमन्त्री ओलीले त्यसबारेमा पनि आफ्नो धारणा राख्न सक्ने बताइएको छ । सांसदहरूले त्यस विषयमा प्रश्न राख्न सक्ने भन्दै त्यसको पनि तयारी गरेका सचिवालयले बताए ।
उनको प्रतिनिधि सभा विघटन गर्ने कदमको सबैतिरबाट आलोचना हुँदै आएको छ ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया