हत्या र लुटपाटमा संलग्न नाै जना पक्राउ

सप्तरी- जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दाेषी देखाउँदै फैसला गरे पनि फरार भएका नाै जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क., विरेन्द्र बि.क र दुलारी देवी बि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।
विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले पक्राउ गरेकाे हाे । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दाेषी दयावति बि.कले २१, विरेन्द्र बि.क र दुलारी बि.कले ५० रुपैयाँ तिर्नुपर्नेछ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया