बुटवलको चौराहादेखि चिडियाखोलासम्मका १५० बढी घरमा डोजर
बुटवल-बेलहिया सडक विस्तार आयोजनाले घर खाली गर्न जारी गरेको २४ घण्टे सूचनाको समयावधि सकिएलगत्तै डोजर चलाएको हो ।

बुटवल : बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्म सडक किनारमा सडक मिचेर बनाइएका घरमा आइतबार बिहान डोजर लगाएर भत्काउन सुरु गरिएको छ । बुटवल-बेलहिया सडक विस्तार आयोजनाले जारी गरेको २४ घण्टे सूचनाको समायावधि सकिएलगत्तै घर टहरा भत्काउन सुरु गरिएको आयोजना प्रमुख इन्जिनियर जयलाल मरासीनीले जानकारी दिए ।
बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहरा भत्काउन सुरु गरिएको मरासिनीले बताए । अतिक्रमित क्षेत्रको मध्यखण्ड बुटवलको टाफिक चोकमा रहेको दुर्गा मन्दिरको सटर र त्यस आसपासमा रहेका घरहरूमा डोजर चलाइएको छ ।
पटक-पटक अदालतको आदेशले रोकिदै आएको सडकको विस्तारविरुध्द नारायणीदेवी प्रधानलगायत २४ जनाले दायर गरेको पछिल्लो रिट निवेदनमा यसअघि गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गरेपछि आयोजनालाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेको हो । अदालतको आदेशसँगै बुटवल-बेलहिया व्यापारीक मार्ग विस्तार आयोजनाले सडक सिमा भित्रका घरटहरा तथा त्यहा बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो ।
सडक सिमा मिचेर निर्माण गरिएका घर टहरा हटाउन पटक-पटक सूचना गर्दा पनि स्थानीयबासीले नमानेपछि बाध्य भएर डोजर चलाउनु परेको प्रमुख मरासिनीले बताए । आयोजनाले सूचना जारी गरेसँगै कतिपय घरधनीले भने शनिबार दिनभर लगाएर घर टहरा भत्काएका थिए ।
अदालतको आदेश अनुसार निवेदकहरूका कागजात अध्यायन गर्दा १ सय ५६ जना निवेदकमध्ये १ सय ५० जनाको मुआब्जाका लागि प्रमाण नपुगेको र ६ जनाको हकमा थप कागजात हेर्नु पर्ने भएकोले १५ दिन भित्र आयोजनामा सम्पर्क राख्न सूचना जारी गरेको भएपनि उनीहरूले आफ्नो प्रमाण पेस गर्न नसकेपछि सर्वोच्च अदालत पुगेका थिए ।
सडकखण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सिमा मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघिनै घर भत्काइसकेका छन् । अहिले करिव १ सय ५० घर टहरा भत्काउन बाँकी छ ।

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

प्रतिक्रिया