बेलायतमा झन्डै पाँच अर्ब पीपीई खेर गयाे

लन्डन- बेलायतमा कोभिडको संभावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामाग्री खेर जाने भएको छ । २ अर्ब ७० करोड युरो मूल्य बराबरको करिब पाँच अर्ब आइटम खेर जाने भएको हो ।
ठूलो परिमाणको सामाग्री खेर जाने भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग नहुने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई सुरक्षा प्रदान नगर्ने सरकारले जनाएको छ ।
स्वास्थ्यमन्त्री इडवार्ड अर्गरले दिएको एउटा लिखित संसदीय सुनुवाई समितिलाई दिएको एक जवाफमा सो सामाग्री खेर गएको उल्लेख छ । ‘सन् २०२० को मार्चमा महामारी फैलिएपछि सरकारको पीपीइ कार्यक्रमले ३६ अर्ब ४० करोड भन्दा बढी सामाग्री किन्न आदेश दिएको थियो । त्यो मध्ये ३ अर्ब ४० करोड इकाईलाई हाल सम्भावित अतिरिक्त स्टकको रुपमा पहिचान गरिएको छ । ती सामग्रीको अनुमानित मूल्य दुई अर्ब २० करोड युरो छ,’ अर्गरले भने ।
उनले अगाडि थपे, ‘तीमध्ये १ अर्ब २० करोड आइटम प्रयोगका लागि उपयुक्त छैन् । यसलाई किन्दा ४५ करोड ८० लाख युरो लागेको थियो ।’ तथ्यांकअनुसार अतिरिक्त स्टक र कामै नलाग्ने आइटम गरी ४ अर्ब ६० करोड आइटम खेर गएकाे छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया