ललितपुरमा विद्यार्थीलाई बिहीबारबाट फाइजरको दोस्रो डाेज

ललितपुर - ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट काेभिड-१८विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाउन पाउने भएका छन् । यसअघि फाइजरकाे पहिलाे डाेज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डाेज दिइन लागिएकाे हाे ।
खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खाेप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
२८ पुसमा खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २९ पुसमा खोप लगाएकालाई २३ माघमा वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र ताेकिएकाे छ ।
३० पुसमा खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र ताेकेकाे छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया