२१ हजार नियन्त्रित औषधि ट्रामाडोल क्याप्सुल बरामद, पाँच जना पक्राउ

काठमाडौँ - प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले नियन्त्रित औषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका-१ घर भई सिफल बस्दै आएका सुनिल भन्ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर नगरपालिका-८ बझाङ घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका २९ वर्षीय उमेश कुमार केसी, म्यगङ गाउँपालिका-५ नुवाकोट घर भएका ३४ वर्षीय राजाराम दवाडी, मध्यनेपाल नगरपालिका-१ लमजुङ घर भई टोखा बस्दै आएका ३८ वर्षीय बद्रीनाथ पौडेल र ३० वर्षीय पेम्बा शेर्पा रहेका छन् ।
ब्यूरो र औषधि व्यवस्था विभागले संयुक्तरुपमा नियन्त्रित औषधि ट्रामाडोल करिब २१ हजार क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरेको हाे । उपत्यकामा लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाको आधारमा ब्यूरोले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्यवपस्था विभाग बिजुलीबजार पठाइएको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले बताए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया