कर्णाली प्रदेशसभा बैठक स्थगित, आन्तरिक छलफलमा दलहरू

सुर्खेत– कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ। मंगलवार दिउँसो एक बजे बस्नेगरी बैठक स्थगित भएको हो । दलहरूबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा आन्तरिक छलफल गर्नका लागि दलका नेताहरू छलफलमा जुटेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही र प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल छलफलमा जुटेका छन्। नवौं अधिवेशनलाई प्रभावकारी बनाउन सांसद नरेश भण्डारीको संयोजकत्वमा नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाह र तथा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीसहित तीन सदस्यीय कार्यदलसमेत निर्माण गरिएको छ । दलहरूबीच आन्तरिक कुरामा छलफल भइरहेको कारण आजको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
त्यसैगरी सरकारले ल्याएका पाँचवटा अध्यादेशहरू सभासमक्ष स्वीकृतिको लागि पेस गर्ने कार्यक्रम रहे पनि प्रमुख प्रतिपक्षले अध्यादेशहरूमा समेत केही त्रुटि रहेको भन्दै विरोध जनाएको थियो।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया