सहरी व्यवस्थापनका लागि ललितपुरमा सीसीटीभी

काठमाडौं– ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी व्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा सञ्चालनका लागि सम्झौता भएको छ।
सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्र्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सो सम्झौता पत्रमा हस्ताक्षर गरे।
उक्त सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सिसिटिभी जडान गर्ने नीति लिएको बताए । उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडास्तरमा समेत सिसिटिभी जडान र व्यवस्थापन गर्दै आएको बताए। मेयर महर्जनले सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको जानकारी दिए।
महानगरले जडान गरेको सिसिटिभी नेपाल प्रहरीको केन्द्रीय सिसिटिभी प्रणालीमा जडान गर्नु पर्ने उनको भनाइ थियो।
त्यस्तै महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले सिसिटिभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्नअंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग अवश्यक गर्ने बताए।
प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले भने, ‘अहिले सुरक्षाको लागि स्थानीय सरकार अभिन्न अंग हो।
त्यसैले प्रहरीले गर्ने हरेक पलमा स्थानीय सरकारको साथ बिना काम गर्न कठिन हुने भएकाले स्थानीय सरकारको सहयोगको अपेक्षा गरिन्छ।’ ललितपुर महानगरपालिकाले विभिन्न स्थान सिसिटिभि क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उनको भनाइ छ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया