सरकारको निर्देशनः चार दिनभित्र खोप लगाएको र मौज्दात विवरण पठाउनू

काठमाडौँ- सरकारले चार दिनभित्र कोभिड-१९ विरुद्धको लगाएको तथ्यांक र मौज्दात खोपको विवरण पठाउन निर्देशन दिएको छ । कोभिड-१९ खोपविरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन समितिको आइतबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, सातै प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटा स्वास्थ्य कार्यालय र ७५३ स्थानीय तहलाई आगामी शुक्रबारसम्ममा ४ बजेसम्ममा मौज्दात र लगाएको खोप विवरण 'डीएचआइस टु' प्रणालीमा समावेश गर्न मन्त्रालयले जारी गरिएको सूचनामा उल्लेख छ । त्यसैगरी खोप अभियानमा खटिने सबै स्वास्थ्यकर्मीलाई मन्त्रालयले धन्यवाद आभार प्रकट गरेको छ ।
केही दिनअघि मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिनका लागि ५ सदस्यीय समिति बनाइसकेको छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

प्रतिक्रिया