स्थानीयले थुपारेको परालमा आगो लगाउँदै हिड्ने युवक पक्राउ

सुर्खेत – वीरेन्द्रनगर —१० का स्थानीयहरुको खेतमा थुपारिएको परालमा आगो लगाउदै हिड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार राति खेतमा गएर आगो लगाई फरार रहेका वीरेन्द्रनगर १० का २३ वर्षीय गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको हो । कृषकहरुले खेतमा थुपारी राखेको परालमा आगो लगाएर नोक्सान भएको भन्दै प्रहरीमा खबर गरेका थिए ।
वीरेन्द्रनगर १० का वडा अध्यक्ष रत्न बहादुर बुढा, सोही वडाका बिष्णु गौतम, शविराम चौधरी, भक्तविर चुनारा, गणेश बहादुर थापा, कमल चौधरी, बमबहादुर वि.सी., नरगैया चौधरीलगायतको विभिन्न स्थानहरुको खेतमा थुपारी राखेको परालको थुप्रोहरुमा आगो लगाएर राई फरार रहेका थिए ।
राईलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनले रातिको समयमा मादक पदार्थ सेवन गरी आगो लगाएको बुझिएको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया