ट्रक चालकद्वारा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन
रासस/एएनआई - क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् । ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन् ।
अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ । उनीहरु झण्डै एक लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्याङ्क देखाइएको छ ।
राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्र्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् । प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ । सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरुले बताएका छन् ।रासस

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया