निस्दीमा कर्मचारीको तलब बढ्यो

पाल्पा - पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिकाभित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ । गाउँसभाले विद्यालय सञ्चालनको स्तर अनुसार तलब निर्धारण गरेको हो ।
माध्यमिक विद्यालयमा कार्यरत लेखापालको तलव मासिक रु १६ हजार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको रु १५ हजार ४०० पुर्याइएको छ । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीको रु १५ हजार र कक्षा १ देखि ५ सम्मकाको रु १५ हजार १०० तलब कायम गरेको छ ।
यसैगरी कक्षा १ देखि ८ सम्मका विद्यालयमा कार्यरत कार्यालय सहयोगीको रु १५ हजार २०० र १२ कक्षासम्मका विद्यालयमा कार्यरतको तलब रु १५ हजार ३०० पुर्याइएको छ । शिक्षक, पत्रकार र कर्मचारी सम्मानित गाउँसभाले शिक्षक, पत्रकार र कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा जनता मावि निस्दी, गल्धाका गीमबहादुर जर्घा, मित्याल आधारभूत विद्यालय निस्दी, मित्यालकी तम्सरी खाम्चा, जीवनज्योती आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्रसिंह आलेलगायत रहेका छन् । उहाँहरुलाई जनही रु १० हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।रासस

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया