सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

वीर अस्पताललाई आइसीयू बेड

काठमाडौं– निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई आईसीयू बेड प्रदान गरेको छ।

सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थीतिमा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो।

सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निस्वार्थ रुपमा सामाजिक सेवाको काम गरिरहेको जानकारी दिए । उहाले प्रतिष्ठानसंग रहेका १ सय ५० आइसियु वेड बिभिन्न सरकारी अस्पतालमा हस्तान्तरण गरिने बताए।

उनले जनताको निशुल्क स्वास्थ्य सेवा पाउने अधिकारलाई स्थापीत गर्नुपर्ने जिकिर गरे।