घट्यो बैतडीको जनसङ्ख्या

काठमाडाैँ – बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो ।
विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए ।
सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसङ्ख्या १९ हजार ९६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६ हजार ७३३, पाटनको जनसङ्ख्या १४ हजार ९४५ र मेलौलीको जनसङ्ख्या ११ हजार २६५ रहेको छ ।
दोगडाकेदार गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसङ्ख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसङ्ख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसङ्ख्या नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६५० रहेको छ ।
बसाइसराइलगायत कारणले जिल्लाको जनसङ्ख्या घटेको प्रमुख पन्तले बताए । उनले भने, “जनसङ्ख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराइको जनसङ्ख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।”

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया