आँचलको नयाँ फिल्म ‘वर एन्ड वधु’, वरको खोजीमा आँचल

काठमाडौँ - विवाहपछि नयाँ फिल्ममा नदेखिएकी आँचल शर्मा मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । ‘वर एन्ड वधु’ शीर्षकमा बन्ने यो फिल्मको सुटिङ फागुनदेखि सुरु हुने निर्माण टिमले जनाएको छ । भर्खरै ‘गोर्खा वारियर २’को सुटिङ सकाएका मिलन चाम्सले फागुनको तेस्रो साताबाट फिल्म फ्लोरमा जाने जानकारी गराए ।
निर्देशक मिलन चाम्स एकपछि अर्को चलचित्रको निर्देशनमा व्यस्त छन् । उनी, चलचित्र ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।‘यो चलचित्रको कथावस्तु रोचक छ । कोरोनाको तेश्रो लहर कम भयो भने हामी फागुनबाट छायांकन सुरु गर्छौ ।’
चलचित्रमा नायिका आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । वरको भने खोजी भइरहेको निर्माण टिमले जनाएको छ । चलचित्रमा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनले बताए ।
नायिका आँचल शर्माले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली चलचित्र हो । उनले, लकडाउनपछि साउथको चलचित्र ‘हिटम्यान’मा काम गरेकी थिइन् ।
फिल्म एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।
मिलन चाम्सले यसअघि अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ बनाउने घोषणा गरेका थिए जुन घोषणामै सीमित रहेको थियो । ‘गोर्खा वारियर’ बनाउने घोषणा गरेर टिजरसमेत सार्वजनिक गरेका चाम्सले यो फिल्मको पनि पहिलो भाग नबनाई दोस्रो भाग बनाएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया